नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु (हेर्नुस लाइभ)

फुटबल

काठमाडौं । नेपाल-बंगलादेश राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको हो । पहिले खेलमा जित हात पारेको नेपाली टाेली आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

बिहिवार भएको पहिलो खेलमा नेपाल २–१ ले विजयी भएको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले अभ्यास स्वरुप बंगलादेशसँ ग दुई मैत्रिपूर्ण खेल खेलिरहेको हो । एएफसी महिला एसियन कपको छनोट उज्वेकिस्तानमा हुनेछ । नेपालको समूह ‘एफ’ मा फिलिपिन्स र हङकङ रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0