दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशसँगको नेपाल गोलरहित बराबरीमा

फुटबल

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो । आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । नेपालले बंगलादेशसँग दोस्रो पटक गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो । छैटौं मिनेटमा गोलकिपर अन्जना राना मगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै पेनाल्टी बक्समा उपलब्ध गराएको मोस्सामत सोप्नाले अवसर पाएपनि गोल गर्नबाट चुकिन ।

त्यस्तै खेलको नवौं मिनेटमा अमृता जैशीको भली प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुश्किलले नियन्त्रणमा लिईन् । खेलको ३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिएको थियो भने यस्तै खेलको ६७ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको बल नेपाली किपरले सहजै नियन्त्रामा लिइन् ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । जसमा बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1