त्रिकोणात्मक सिरिजमा आज नेपालले अमेरिकाको सामना गर्दै, कस्ले जित्ला खेल ?

क्रिकेट

काठमाडौं, भदौ २८ : आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

नेपाल आज अमेरिकामाथि जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । तर, बलियो प्रतिद्वन्द्वी विरुद्ध जित निकाल्न त्यति सहज हुने छैन । सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा नेपालले अमेरिकालाई ३५ रन र ८ विकेटले पराजित गरेको थियो।

सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा नेपालले अमेरिकालाई ३५ रन र ८ विकेटले पराजित गरेको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0