नेपाल र अमेरिकाबिचको आज हुने खेल यसरी हेर्नुस प्रतक्ष्य प्रसारण

क्रिकेट

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज आज साेमबारबाट सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

नेपालले आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा तीन साता लामो प्रशिक्षणसँगै पपुवा न्युगिनी (पीएनजी)सँग दुई ओडीआई खेल खेलेको थियो । नेपालले पहिलो खेलमा पीएनजीलाई दुई विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरको जित निकालेको थियो ।

नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भावना रहन्छ । त्यसैले नेपाली टोलीको ध्यान नै अमेरिका र ओमानलाई पराजित गर्दै तालिका सुधार गर्ने हुनेछ ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको सबै खेल हिसहोमको एक्सन स्पोर्ट्स एचडी र डिसहोम गो ओटिटीमार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुसन भारी, शरद भेषवाकर, विक्रम शोव, पवन सर्राफ र रोहित कुमार ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *