नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

क्रिकेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्विीटरमार्फत बधाई दिएका हुन् ।

नेपालको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेपाल, माल्दिभ्स र नेदरल्याण्ड्सबीचको त्रिकोणत्मक टी–२० क्रिकेट सिरिजनको शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराएको थियो ।

नेदरल्याण्ड्सलाई एक सय ४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेको प्रधानमन्त्री ओलीले आफ्नो ट्विीटमा उल्लेख गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0