नेपाली कप्तान मल्ल भन्छन् : ‘अमेरिकालाई हराउँन सजिलो छैन’

क्रिकेट

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् ।
ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

नेपाल आज अमेरिकामाथि जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । तर, बलियो प्रतिद्वन्द्वी विरुद्ध जित निकाल्न त्यति सहज हुने छैन । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको खेल्न सजिलो नहुने बताएका छन् । उनले अंक तालिकाको दोस्रो स्थानमा रहेको टिमसँग खेल्न कठिन हुने बताए ।

‘‘अमेरिका बलियो प्रतिद्वन्द्वी हो । उनीहरूको मिडियम पेस बलरहरू राम्रा छन् । ब्याटिङ पनि राम्रो छ,’’ अमेरिकाविरुद्धको खेलबारे नेपालका कप्तान ज्ञानेन्द्रले भने, ‘‘हाम्रो स्पिनर बलर राम्रा छन् । हाम्रा ब्याट्सम्यानले उनीहरूको मिडियम पेसलाई ट्याकल गरेर हाम्रो स्पिनरले राम्रो गर्यो भने नतिजा पनि राम्रो आउनसक्छ ।’’

खेल तालिका

२८ भदौ नेपालविरुद्ध अमेरिका, दिउँसो ४ः१५ बजे
२९ भदौ नेपालविरुद्ध ओमान, दिउँसो ४ः१५ बजे
१ असोज नेपालविरुद्ध अमेरिका, दिउँसो ४ः१५ बजे
३ असोज नेपालविरुद्ध ओमान, दिउँसो ४ः१५ बजे

नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहितकुमार पौडेल

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *