एसियन कप छनोट खेल्न उज्वेकिस्तान जाने नेपाली टिमको विदाइ

फुटबल

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज विदाइ गरिएको छ । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विदाई गरेको हो । टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ ।

छनोट खेल्न जानु अघि नेपालले त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा बङ्गलादेशलाई आतिथ्य गर्दै दुई अभ्यास खेल खेलेको थियो । सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् ।

एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्। नेपालले फिलिपिन्ससँग खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0