कुशल र रोहित चम्किएपछि अमेरिकामाथि नेपालको शानदार जित

क्रिकेट

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ। सोमबार भएको खेलमा कुशल भुर्तेल र रोहित पौड्यालको अर्धशतकको सहयोगमा नेपालले अमेरिकालाई ५ विकेटमा हराएको हो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेललले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ८७ बल खेलेका रोहितले २ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए । नेपालका लागि विनोद भण्डारीले रन बनाउँदा आसिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्ले १७ रनको योगदान गरे ।

बलिङमा अमेरिकाका निषर्ग पटेल र केन्जिगेले २-२ विकेट लिए। त्यसअघि ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ ‍गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो। अमेरिकाका लागि मोनांक पटेलले शतक प्रहार गरे । उनले ११४ बल खेल्दै शतक बनाएका हुन् ।

नेपालका लागि सुशान्त भारीले १० ओभरमा ३१ रन दिएर २ विकेट लिन सफल भए । यसैगरी लेग स्पीनर सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै २ विकेट लिए । नेपालका अर्का खेलाडी विक्रम शोबले ६ ओभर बलिङ गर्दै ३३ रन दिएर २ विकेट लिए । अर्का खेलाडी कुशल मल्लले एक विकेट लिन सफल भए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0