ओमानबिरुद्ध चलेन नेपाली ब्याटिङ, १९६ रनमै अल आउट

क्रिकेट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले आसिफ शेखको ९० रनको मद्दतले ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १९६ रन जोडेको हो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ९० रनको योगदान दिए। आसिफले बिलाल खानबाट बोल्ड हुनुअघि ११२ बलमा ७ चौका र १ छक्का हिर्काए। आसिफको यो पहिलो एकदिवसीय अर्धशतक हो।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१/२१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन जोडे। सोमपाल कामीले ७, विनोद भण्डारीले ६, कुशल मल्लले ४, विक्रम सोब र सुसन भारीले २/२ रन जोड्दा ओपनर कुशल भुर्तेलले खातासमेत खोल्न पाएनन्।

बलिङमा ओमानका बिलाल खानले चार विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ४७ रन खर्चिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0