ओमानसँग नेपाल पाँच विकेटले पराजित

क्रिकेट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १९७ रनको लक्ष्यलाई ओमानले ३१.१ ओभरमा मात्र ५ विकेट गुमाउदै भेटायो ।

ओमानको जितमा ओपनर जतिन्दर सिंहले शतक प्रहार गरे। उनले १०७ रनको योगदान गरे। कुशल मल्लको बलमा रोहित पौडेलबाट क्याच हुनुअघि उनले ६२ बलमा १२ चौका र ६ छक्का हिर्काए।

यसअघि नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको थियो । टस जितेर ब्याटिङ रोजेको नेपालले आसिफ शेखको ९० रनको मद्दतले ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १९६ रन जोडेको हो।

जितसँगै शीर्ष स्थानमा रहेको ओमानले ११ खेलबाट १८ अंक बनाएको छ । नेपालले ६ खेलबाट ६ अंक जोडेको छ । नेपालमै सम्पन्न खेलमा पनि नेपाल ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0