नेपाल टि-२० वरियतामा १४ औं स्थानमा उक्लियो

क्रिकेट

काठमाडौं, १२ वैशाख । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि-२० आई वरियतामा प्रगति गरिएको छ । आइसिसीले आइतार जारी गरेको नयाँ वरियतामा नेपाल १४औं स्थानमा उक्लिएको जनाइएको छ ।

यसअघि नेपाल १५औं स्थानमा थियो । यसअघि १४औं स्थानमा रहेको स्कटल्याण्ड १५औं स्थानमा पुगेको छ । नेपालको २८ खेलमा ५ हजार एक सय १३ अंक र १ सय ८३ रेटिङ अंक छ । पछिल्लो त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपाल च्याम्पियन बनेसँगै वरियतामा सुधार आएको हो ।

अहिले युएई १३ औं, आयरल्यान्ड्स १२ र जिम्बावे ११ औं स्थानमा छन् भने इंग्ल्यान्ड शीर्षस्थानमा छ । त्यस्तै, भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र पाकिस्तान चौथो स्थानमा यथावत छन्।

त्यस्तै, नेपालभन्दा पछि पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड्स १७ औं, ओमान १८ औं र नामिबिया १९ औं स्थानमा रहेका छन् । नेपाल ओडिआई वरियतामा भने १७ औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0