मेसीले छाडेपछि पहिलो पटक च्याम्पियन्स लिग खेलेको बार्सिलोनामाथि वायर्नको जित

फुटबल

काठमाडौं : बायर्नका स्टार रोबर्ट लेवान्डोस्की चम्किदा युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनामाथि जर्मन क्लब वायर्न म्युनिखले जित हात पारेको छ। मंगलबार राति भएको खेलमा वायर्नले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित बनेको हो ।

पहिलो हाफमा बार्साको मैदानमा रवाफिलो देखिएको म्युनिखका लागि थोमस मुलरले सुरूवाती गोल गरेका थिए। लिरो सानेको पासमा मुलरले गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको वायर्नले दोस्रो हाफमा पनि सोहि लयलाई निरन्तरता दियो।

५६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्ननको अग्रता दोब्बर पारे । खेलको ८५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा जर्मन क्लबले ३–० गोल अन्तरले जित निकाल्यो । सर्ज जिनाब्रीको प्रहार पोस्टमा लागेर फर्केपछि रिबाउन्डमानै लेवान्डोस्कीले ६ यार्ड बक्स नजिकबाटै गोल गरेका थिए।

लिओनल मेसीले क्लब छाडेपछि बार्सिलोनाले पहिलो पटक उनीबिना च्याम्पियन्स लिगको खेल खेलेको हो। जितसँगै समूह ‘इ’का वायर्नले शानदार सुरुवातसहित ३ अंक जोडेको छ । यता, बार्सिलेनाले च्याम्पियन्स लिगमा हारबाट सिजनको सुरुवात गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *