रोनाल्डोको गोल गयो खेर, योङ ब्वाइजसँग म्यानचेस्टर युनाइटेड पराजित

फुटबल

काठमाडौं : अतिरिक्त समयको अन्तिम मिनेट समालिन नसक्दा स्विस टिम योङ ब्वाइजसँग १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेड नाटकीय पराजयको सिकार भएको छ। मंगलबार राति भएको खेलमा स्विस टोली योङ ब्वाइजसँग युनाइटेड २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलमा अग्रता भने म्यानचेस्टरले लिएको थियो। क्रिस्टियानो रोनाल्डोले खेलको १३ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। खेलको ३५औँ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । योङ्ग ब्वाइजका क्रिस्टोफर मार्टिन्सलाई डरलाग्दो फल गरेपछि म्यानचेस्टरका वान बिसाकालाई सिधा रातो कार्ड दिइएको थियो।

पहिलो हाफमा अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा अग्रता जोगाउन सफल भएन । दोस्रो हाफमा आक्रामक देखिएको घरेलु टोलीले ६६ औ मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो।

६६औं मिनेटमा निकोलस नग्मलुको गोलमार्फत योङ ब्वाइज खेलमा फर्कियो । इन्जुरी टाइमको पाँचौ मिनेटमा ब्वाइजका सिइबाटचेउले गोल गर्दा म्यानचेस्टर स्तब्ध बनेको थियो। जितसँगै समूह ‘एफ’मा रहेको योङ ब्वाइजले १ खेलबाट ३ अंक जोडेको छ । यता युनाइटेडले हारबाट लिगको सुरुवात गरेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *