श्रीलंकन ओशाडा फर्नान्डोले ललितपुरबाट ईपीएल खेल्ने

क्रिकेट

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा श्रीलंकाका ब्याट्सम्यान ओशाडा फर्नान्डोले ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन् । २९ वर्षीय अलराउण्डर फर्नान्डो ललितपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्।

यसअघि ललितपुरले अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई, भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाकेलाई अनुबन्ध गरिसकेको छ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । विभिन्न सहरका ६ फ्रेन्चाइज टोलीको सहभागितामा हुने प्रतियोगिता असोज २३ सम्म चल्नेछ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछ । यो पटक यो प्रतियोगिताको प्रशारण विश्वका एक सय ४० भन्दा बढि देशमा हुने बताइएको छ ।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged