मेस्सी, नेयमार र एमबाप्पे मैदानमा उत्रिए पनि पीएसजीलाई जिताउन सकेनन्

फुटबल

काठमाडौं : च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी बराबरीमा रोकिएको छ । समूह ‘ए’ को खेलमा पिएसजी र बेल्जियन क्लब ब्रुगले १-१ गोलको बराबरी खेलेका हुन्। अग्रपङ्तिमा लियोनेल मेसी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारे पनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो।

यद्यपि खेलमा अग्रता भ्रमणटोली पिएसजीलेनै बनायो । एम्बाप्पेले उपलब्ध गराएको बललाई आन्द्रे हेरेराले गोल गरे । हेरेराले खेलको १५औँ मिनेटमा गोल गरेका थिए । घरेलु टोली ब्रगका हान्स भनाकनले खेलको २७औँ मिनेटमा गोल गर्दै बराबरीमा पुर्‍याएका थिए । खेलमा पिएसजीका स्टार खेलाडी लिओनल मेसीको प्रहार क्रसबारमा लागेको थियो।

प्रतियोगितामा मेस्सीको यो १५० औँ खेल थियो । ६ पटकका बालोन डि ओर विजेता मेस्सी यो सिजन बार्सिलोना छाडेर पीएसजी आएका हुन् । फरक क्लबका लागि प्रतियोगितामा उनको यो पहिलो खेल थियो ।

यस्तै, समूह ‘सी’अन्तर्गतको खेलमा अजाक्सले विजयी सुरुवात गरेको छ । गयराति भएको खेलमा भ्रमणटोली अजाक्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५/१ गोल अन्तरले पराजित गर्‍याे । नेदरल्याण्डको अजाक्सलाई जिताउन सेबाष्टियन हलरले ह्याट्रिक पूरा गरे । सेबाष्टियनले खेलको २, ९, ५१ र ६३औँ मिनेटमा गरी ४ गोल गरे । यस्तै स्टेफन बर्घुइसले १ गाेल गरे । स्पोर्टिङका लागि पौलिन्होले खेलको ३३औँ मिनेटमा १ सान्त्वना गोल गरे ।

समूह ‘सी’कै अर्काे खेलमा बोरुसिया डर्टमण्डले विजयी सुरुवात गरेको छ । भ्रमणकारी डर्टमण्डले घरेलु टोली बेसिक्तास जेकेलाई २/१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेल्लिंघाम र एर्लिङ ब्राउट हालाण्डले १/१ गोल गरे । यस्तै बेसिक्तासको लागि फ्रान्सिस्को मोन्टेरोले १ सान्त्वना गोल फर्काए । समूह ‘सी’बाट अजाक्स र डर्टमण्डको समान ३ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । बेसिक्तास र स्पोर्टिङ भने बिना अंक क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
0