म्यानचेष्टर सिटीले गर्‍यो गोलको बर्षा, आरबी लाइपजिगको पोष्टमा ठोक्यो दनादन ९ गोल

फुटबल

काठमाडौं । युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘ए’को अर्को खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा सिटीले १० खेलाडीमा समेटिएको जर्मन क्लब आरबी लाइप्जिगमाथि ६–३ को जित निकालेको हो। सिटीको विजयी सुरुवातमा नाथन एके, रियाद महरेज, ज्याक ग्रयलिस, जोआओ कनसेलो र गाब्रियल जेसुसले १/१ गोल गरे भने लापजिगका नर्दी मुकियलेले १ आत्माघाति गोल गरे ।

यो नतिजापछि सिटी ३ अंकका साथ जोडेर समूह डीको शीर्षस्थानमा रहँदा पीएसजी र क्लब ब्रुगले समान १ अंक जोडेका छन्। लाइप्जिग अंक विहीन छ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0