एसी मिलानमाथि लिभरपुल जित

फुटबल
काठमाडौं : युरोपियन च्याम्पियन्स लिगमा लिभरपुलले विजयी सुरूवात गरेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब एसी मिलानलाई ३–२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोर्डान हेन्डरसनले एक–एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको नवौं मिनेटमा एसी मिलानका तोमोरीले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिन सफल भयो। खेलको १४ औं मोहमद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो।  एसी मिलानले पहिलो हाफको अन्तिम तीन मिनेटभित्र दूई गोल गर्‍यो। ४२ मिनेटमा रेबिकले बराबरी गोल फर्काउँदा ४४ मिनेटमा डियाजले दोस्रो गोल गर्न सफल भए।
४८औं मिनेटमा घरेलु टोली लिभरपुलका लागि सलाहले बराबरी गोल फर्काए । हेन्डरसनले ६९औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–२ गोलको जित दिलाए । जितसँगै लिभरपुलले समूह ‘बी’मा ३ अंक जोडेको छ । मिलानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0