फिफाको नयाँ बरियता सार्वजनिक, नेपालको स्थान सुधार भएन

फुटबल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरको नयाँ वरीयता अनुसार नेपाल पुरानै १६८ औँ स्थानमा रहेको छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ७औँ स्थानमा रहेको छ भने माल्दिभ्स १ सय ५८औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १८९औँ, भुटान १८७औँ, पाकिस्तान १९८औँ र श्रीलंका २ सय ५औँ स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0