उज्बेकिस्तान पुगेर नेपाली महिला टिमले सुरु गर्‍यो अभ्यास ( हेर्नुस फोटो फिचर )

फुटबल

काठमाडौं । एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि उज्बेकिस्तानको तास्केन्त पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अभ्यास सुरु गरेको छ । नेपाली टोलीको बुधबार कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज पहिलो पटक मैदानमा अभ्यास गरेको हो । बुधबार नै नेपाली टोलीले बसेको होटेलमै माक्स लगाएर सामान्य अभ्यास गरेको थियो ।

गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको थियो ।एएफसी महिला एसिया कप २०२२ छनोटको समूह एफमा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ । हेर्नुस नेपाली टिमको अभ्यासका फोटो फिचरहरु

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0