कोरोनासँग लड्न अष्ट्रेलियका प्यास कमेन्सले भारतलाई दिए ५० लाख

क्रिकेट

नयाँ दिल्ली । अस्ट्रेलियन क्रिकेटर पाट कमिन्सले कोरोनासँग नराम्ररी जुधिरहेको भारतलाई ५० हजार डलर दिने घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा ५० हजार डलर दिने घोषणा सोमबार गरेका हुन् ।

हाल इन्डियन प्रिमियर लिग (आइपिएल)मा खेल्नका लागि भारतमै रहेका उनले कोरोना संक्रमणविरुद्ध जुधिरहेको भारत, खासगरी अक्सिजनको अभावका कारण भारतीय नागरिकले भोग्दै आएको पीडा केही कम गर्ने उद्देश्यले सहयोगको घोषणा गरेको जनाएका छन् ।

उनी आइपिएलमा कोलकाता नाइट राइडर्सबाट खेल्दैछन् । आइपिएलको गत वर्षको सिजनमा उनी सर्वाधिक महँगा खेलाडी थिए । यो सिजनमा उनी कोलकत्ता नाइट राइडर्समा आवद्ध छन् ।

सोमबार ट्वीट गर्दै उनले भारत सरकारलाई ५० हजार डलर सहयोग गर्ने घोषणा गरेका हुन् । उनले अक्सिजन सिलिन्डर खरिद गर्नका लागि आफूले सहयोग गर्न लागेको प्रस्ट पारेका छन् ।

भारतमा आइतबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। सोमबार बिहान सार्वजनिक तथ्यांकअनुसार आइतबार भारतभर ३ लाख ५२ हजार ९ सय ९१ जना मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

भारतमा अप्रिल २२ मा पहिलो पटक दैनिक संक्रमितको संख्या तीन लाख नाघेको थियो। त्यसपछि लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्। आइतबारमात्रै भारतमा २ हजार ८ सय १२ जना संक्रमितले ज्यान गुमाएका छन्।

संक्रमितको ‘सुनामी’ आएसँगै भारतीय स्वास्थ्य प्रणालीमा गम्भीर समस्या भएको छ। कति अस्पतालमा बिरामीले बेड पाएका छैनन् भने कति ठाउँमा अक्सिजनको हाहाकार भइरहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0