त्रिकोणात्मक सिरिजमा आज फेरी नेपालले अमेरिकाको सामना गर्दै, हेर्नुस प्रतक्ष्य प्रसारण

क्रिकेट

मस्कट (ओमान) । आइसिसी विश्वकप लिग-२ अन्तर्गत एक दिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपालले आज (शुक्रबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

अमेरिकाविरुद्धको पहिलो खेलमा पाँच विकेटले जित हात पारेको नेपाल आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिनेछ । यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो । अमेरिकाविरुद्धको पहिलो खेलमा पाँच विकेटले जित हात पारेको नेपाल आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

लिग-२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । नेपालले हालसम्म ओमान र अमेरिकासँग तीन-तीन खेल खेलिसकेको छ। ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १४ खेलबाट १२ अंक छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको सबै खेल हिसहोमको एक्सन स्पोर्ट्स एचडी र डिसहोम गो ओटिटीमार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुसन भारी, शरद भेषवाकर, विक्रम शोव, पवन सर्राफ र रोहित कुमार ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *