तालिवानको डरले देश छोडेर भाग्यो अफगानिस्तानको महिला फुटबल टिम

फुटबल

काठमाडौं : अफगानिस्तानको जुनियर महिला फुटबल टिमका ३२ खेलाडीहरू पाकिस्तान पुगेका छन्। तीन साताअघि अफगानिस्तान छाड्न असफल भएका उनीहरू बुधबार पाकिस्तान पुगेका हुन्। तालिवानले सत्ता कब्जा गरेपछि उनीहरू काबुलमा लुकेर बसेका थिए। तीन साताअघि देश छाड्ने योजनामा रहेपनि उनीहरू कागजपत्र जुटाउन असफल भएका थिए।

पाकिस्तानका सूचना मन्त्री फवाद हुसेन चौधरीले अफगानिस्तानका फुटबल खेलाडीलाई तोर्खाम बोर्डरमा स्वागत गरेको जानकारी दिएका छन्। उनीहरूसँग अफगानिस्तानको पासपोर्ट भएको र पाकिस्तानले भिसा दिएको म्नत्री चौधरीको भनाइ छ।

तालिबानले उनीहरूलाई धम्की दिएपछि पाकिस्तानले आकस्मिक भिसा दिएको छ। यसअघि अफगानिस्तानका सिनियर महिला फुटबलर २४ अगस्टमा अस्ट्रेलिया पुग्न सफल भएका थिए। त्यतिबेला कागजपत्र जुटाउन नसक्दा जुनियर महिला फुटबलर काबुलमै लुकेर बस्नु परेको थियो। यता अफगानिस्तानका महिला क्रिकेटर अझै पनि काबुलमा लुकेर बसिरहेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *