‘एसियन कप छनोट नेपालका लागि क्षमता देखाउने अवसर’

फुटबल

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कपको छनोट नेपाली खेलाडीका लागि आफ्नो क्षमता देखाउने राम्रो अवसर रहेको बताएका छन् । प्रतियोगिताअघि बिहीबार उज्वेकिस्तानमा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक फिलिप्सले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर रहेको बताउँदै राम्रो प्रदर्शन गर्ने विश्वास रहेको बताए ।

‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रवर्द्धनका लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा लिनुपर्छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ ऊर्जा थपिएको छ । हामी राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौं,’ उनले भने ।

छनोटको समूह एफ मा रहेको नेपाल बुधबार उज्वेकिस्तान पुगेको थियो । यस समूहमा फिलिपिन्स र हङकङ पनि छन् । छनोटका सबै खेल उज्वेकिस्तानको ताश्केतस्थित जेएआर स्टेडियममा हुनेछन् । समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ । १२ टोलीले खेल्ने महिला एसियन कप २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0