फेरि फ्लप नेपाली ब्याटिङ, अमेरिकालाई दियो १ सय ७५ रनको झिनो लक्ष्य

क्रिकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ । ओमनस्थित अल अमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो।

नेपालका लागि कप्तान मल्ले अर्धशतकीय पारी खेले । १०५ बल खेलेका मल्लले ३ चौकाको सहयोगमा ५५ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३६ रनको योगदान गरे । त्यस्तै गुलसन झाको २८ रन बाहेक अन्य ब्याट्सम्यानहरुको योगदान ठूलो रहेन।

अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ४ विकेट लिँदा केल फिलिपले ३ तथा करिमा गोरे, इल्मोर हचिन्सन र नोस्टुस केन्जिगेले समान १/१ विकेट लिए। लिग-२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । नेपालले हालसम्म ओमान र अमेरिकासँग तीन-तीन खेल खेलिसकेको छ। ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १४ खेलबाट १२ अंक छ।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुसन भारी, शरद भेषवाकर, विक्रम शोव, पवन सर्राफ र रोहित कुमार ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *