बलिङ र ब्याटिङमा फ्लप भएपछि नेपाल अमेरिकासँग पराजित

क्रिकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज सम्पन्न खेलमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ।

नेपालले १ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। अमेरिकाका लागि स्टेभिन टेलोरले ९२ रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे । अमेरिकाका लागि मोनाङ्क पटेलले ३८ रन बनाउँदा जसकरन मलोत्राले ३६ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान दुई–दुई विकेट लिए । यसअघी ओमनस्थित अल अमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान मल्ले अर्धशतकीय पारी खेले । १०५ बल खेलेका मल्लले ३ चौकाको सहयोगमा ५५ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३६ रनको योगदान गरे । त्यस्तै गुलसन झाको २८ रन बाहेक अन्य ब्याट्सम्यानहरुको योगदान ठूलो रहेन।

अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ४ विकेट लिँदा केल फिलिपले ३ तथा करिमा गोरे, इल्मोर हचिन्सन र नोस्टुस केन्जिगेले समान १/१ विकेट लिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0