फिलिपिन्सलाई हराउँने यस्तो छ नेपाली चेलिहरुको तयारी ( हेर्नुस फोटो फिचर )

फुटबल

काठमाडौं : एफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

फिफा वरियतामा ३३ स्थानमा रहेको फिलिपिन्सविरुद्ध नेपालका लागि चुनौती छ । तर पनि नेपाली खेलाडी उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । नेपाल फिपा वरियताको १०१ औँ स्थानमा रहेको छ । यस्तै विहीबार नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

बंगलादेशविरुद्धको दुई खेलपछि भने प्रशिक्षक फिलिप्सले नेपाली टिममा अझै सुधार आवश्यक भएको मानेका थिए । उनले बंगलादेशविरुद्ध देखिएको कमजोरी उज्बेकिस्तानमा हुने खेलमा सच्चिने पनि बनाएका थिए । बंगलादेशविरुको प्रदर्शनमा उनी पूर्णत: सन्तुष्ट भने थिएनन् । कप्तानको भूमिकामा रहेका रेणुका नगरकोटीले पनि प्रशिक्षकले निर्देशनअनुसार टिमले खेल्न नसकिरहेको स्विकारेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0