दिल्लीलाई एक रनले पराजित गर्दै बेंग्लोर आईपीएलको शीर्ष स्थानमा

Uncategorized

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा दिल्लीलाई एक रनले पराजित गर्दै रोयल च्यालेन्जर बैंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। सिजनमा बैंग्लोरको यो पाँचौ जित हो। उसले ६ खेल खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ ।

अहमदावादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । कप्तान रिसभ पन्तले ५८ रनको अविजित पारी खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । शिम्रोन हेटमायर पनि ५३ रनमा अविजित रहेका थिए । अन्तिम बलमा ६ रन चाहिएको अवस्थामा पन्तले‌ चौका प्रहार गरेसँगै बैंगलोर १ रनले विजयी भएको हो ।

बलिङमा बैंग्लोरका हर्षल पटेलले २ विकेट लिए। कायल जेमिसन र मोहम्मद सिराजले १-१ विकेट हात पारे। यसअघि दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बेंग्लोरले एबी डेभिलियर्सको अर्धशतकीय पारीको मद्दतमा १७१ रन बनाएको थियो । बेंग्लोरका लागि डेभिलियर्सले ४२ बलमा ७५ रन बनाए । उनले तीन चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै, रजत पाटीदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पाडिक्कलले १७ र विराट कोहलीले १२ रन बनाए । बलिङमा दिल्लीका लागि अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, आवेश खान र कागिसो रबाडाले एक/एक विकेट लिए । जिसँगै बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली भने तेस्रो स्थानमा झरेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *