फिलिपिन्ससँग नेपालले जितिसकेको खेल हार्‍यो, गल्ति कस्को ?

फुटबल

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाली राष्ट्रिय महिला फुटबल टोली फिलिपिन्ससँग पराजित भएको छ । शनिबार उज्वेकिस्तानमा भएको खेलको ८९ मिनेटसम्म अग्रता लिएको नेपाललाई फिलिपिन्सले २-१ गोलले पराजित गर्‍यो।

फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्स विरुद्ध खेलको पहिलो हाफमा विमला चौधरीको गोलबाट नेपालले खेलमा अग्रता लिएको थियो। यता, फिलिपिन्सका लागि खेलको अन्तिम मिनेटमा थानिया अनिसले बराबरी गोल फर्काइन् । इन्ज्युरी समयमा कामिला विल्सनले गोल गर्दै टिमलाई २–१ को जित दिलाइन् ।

नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते खेल्नेछ । समूह विजेता बन्दै एसिया कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले हङकङलाई हराउनैपर्नेछ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीच असोज ८ गते हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
8
+1
4