वायर्न म्युनिखले फेरी गर्‍यो गोलको बर्षा

फुटबल

काठमाडौं । जर्मन बुन्डेस लिगामा साविक विजेता वायर्न म्युनिखले एकै खेलमा सात गोल गरेको छ। घरेलु मैदान एलिएन्ज एरिना शनिबार राति भएको खेलमा बायर्नले नवप्रवेशी बोचुममाथि ७–० को फराकिलो जित निकालेको हो।

खेलमा लिरोय सानेले १७ औँ मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २७ औँ मिनेटमा जोसुवा किमिचले अग्रता दोब्बर बनाए । लगत्तै सर्जी ग्नाब्रीले तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यतिर बोचुमले आत्मघाती गोल गर्‍यो ।

६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्न ५–० को फराकिलो जिततर्फ लगे। ६५औं मिनेटमा योसुवा किम्मिखले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौ गोल गरे। ७९औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई ७–० को फराकिलो जित दिलाए। जितसँगै वायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। वायर्नको ५ खेलबाट १३ अंक भएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *