क्रिकेट र फुटबल कप्तान सहित यी नेपाली खेलाडीहरुले राष्ट्रपतिबाट पाउँदैछन् पदक

समाचार

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ लिम्बू र क्रिकेट राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लपनि विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने मानपदवी र विभूषण हुने सूचीमा किरण र ज्ञानेन्द्र परेका हुन् ।

आइतबार हुने औपचारिका कार्याक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई कप्तानसँगै खेल क्षेत्र र त्यसभन्दा बाहिरका व्यक्तित्वलाई पनि सम्मान गर्नेछिन् । चेम्जोङ साफको तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा रहेका छन् । त्यस्तै मल्ल आईसीसी विश्वकप क्रिकेट लिग– प्रतियोगिता खेल्न ओमानमा छन् ।

खेलकुदबाट को को सम्मानित हुँदै ?

जनसेवाश्रीबाट

–नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द
–तेक्वान्दो खेलाडी आयशा शाक्य
–तेक्वान्दो प्रशिक्षक वान योङ्ग डाल (कोरियाली)
–अपाङ्गता भएको खेलाडीद्धय हिमाल अर्याल र केशव थापा ।

सुकीर्ति पदकबाट

–कराँते खेलाडी अनु अधिकारी
–ब्याडमिन्टन खेलाडी दीपक थापा
–तेक्वान्दो प्रशिक्षक नर्वु लामा
–पावर लिफ्टिङ खेलाडी प्रकाश केसी
– खेल आयोजकबाट उत्तम न्यौपाने ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0