आईसीसी वरीयतामा कुशलको छलाङ

क्रिकेट

काठमाडाैं । नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको टी–२० वरीयतामा माथि उक्लिएका छन् । गत साता सम्पन्न नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको टी–२० सिरिजबाट सिनियर टोलीमा डेब्यु गरेका कुशलले वरीयता सुधार्दै ६१ औं नम्बरमा उक्लिएका हुन् ।

त्रिदेशीय सिरिजमा लगतार तीन अर्धशतक प्रहार गरेका भुर्तेल अघिल्लो साता पहिलो पटक टी–२० वरीयताको शीर्ष सयभित्र परेएको थियो । सो वरीयतामा ९३ औं स्थानमा रहेका रुपन्देहीका २४ वर्षे भुर्तेल आईसीसीले जारी गरेको नयाँ वरीयतामा ६१ नम्बरमा उक्लिएका छन् ।

सिरिजमा कुशलले उत्कृष्ट प्रदर्शन गरेएको थियो । आईसीसीको वरियतामा पारस खड्का ८८ औं स्थानमा छन् हुनुहुनछ भने ज्ञानेन्द्र मल्ल पनि शीर्ष सय भित्रै छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0