बलिङ र ब्याटिङ दुबै चम्किएपछि ओमानमाथि नेपालको शानदार जित

क्रिकेट

काठमाडौं, असोज ३ : सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ। आइतबार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो।

ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.२ ओभरमै पूरा गर्‍यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गरे। उनी ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे। ज्ञानेन्द्रको यो कीर्तिमानी अर्धशतक हो। यस्तै आशिफ शेख ४० रन बनाएर आउट भए।

ओमानका नेस्टर धम्बाले ३ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए। यता, कलिमुल्लाहले ४ ओभरमा २० रन खर्चिएर १ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे। उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान मकसुदबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ओमानलाई सस्तैमा समेट्न करन केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिए। शरद भेषावकरको नाममा दुई विकेट रह्यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0