पुन: चम्किए रोनाल्डो, वेस्टहमबिरुद्ध गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई जिताए

फुटबल

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले वेस्टहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसी लिङ्गार्डले एक–एक गोल गरे ।

उता वेस्टहमका लागि साइद बेर्नाहमले एक गोल गरे । खलमा सुरुवाती अग्रता भने वेस्टहमले अग्रता बनाएको थियो । खेलको ३०औँ मिनेटमा बेर्नाहमले गोल गर्दै वेस्टहमलाई अग्रता दिलाए ।

३५औँ मिनेटमा रोनाल्डोले युनाइटेडका लागि बराबरी गोल फर्काए । खेलको ८९औँ मिनेटमा लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई २–१ गोलको जित निकाले । जितसँगै युनाइटेडले ५ खेलबाट १३ अंक जोडेको छ । युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित वेस्टहम ८ अंक सहित तालिकाको आठौँ स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged