आईपीएल क्रिकेटमा चेन्नईद्वारा मुम्बई पराजित

क्रिकेट

काठमाडौं : आईपीएल टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले साविक बिजेता मुम्बइ इन्डियन्सलाई हराएको छ । दुबईमा आइतबार राति साबिक विजेता मुम्बईलाई २० रनले हराएको हो ।

चेन्नइले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बइले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रनमा सीमित भयो । मुम्बईका लागि सौरभ तिवारीले अविजित ५० रन बनाए। क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन बनाए।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चहरले २ तथा जोस हाजलेवुड र शार्दुल ठाकुरले एक/एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

चेन्नईका रुतुराज गायकवाडले अविजित रहँदै ८८ रनको पारी खेलेका थिए। यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए। बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र एडम मिल्नेले २-२ विकेट लिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0