पिएजीकै प्रशिक्षकसँग रुष्ट बने मेसि, हात समेत मिलाउन मानेनन्

फुटबल

काठमाडौं : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले लियोनलाई २–१ ले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउनको लागि नेइमार र माउरो इकार्डीले समान एक-एक गोल गरे । लियोनको लागि लुकास पक्वेटाले गरेको गोल सान्त्वना बन्यो । तीनै खेल दोस्रो हाफमा सम्भव भएकाे थियो ।

५४ औँ मिनेटमा तोलेन्तिनो कोएल्हो डी लिमाले गोल गरी लियोनलाई सुरुवाति अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा आइकार्डीले गोल गरी पिएसजीलाई जित दिलाए ।

घरेलु मैदानमा पहिलो पटक उत्रिएका लियोनल मेस्सी प्रशिक्षकसँग असन्तुष्ट बनेका छन् । खेलको ७६औं मिनेटमा पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले लियोनल मेस्सीलाई मैदानबाट प्रतिस्थापन गरे। जसको कारण मेस्सी केही रुष्ट भएका हुन् ।। उनले पोचेटिनोसँग हात मिलाउन पनि मानेनन्।

पहिलो हाफमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने गोलकिपर एन्थोनी लोप्सले समेत राम्रो बचाउ गरेका थिए । उनको स्थानमा आच्राफ हाकिमी मैदान छिरेका थिए ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *