विश्वकप लिग-२ मा नेपाल चौथो स्थानमा उक्लियो, बिश्वकपमा पुग्ने संम्भावना कति ?

क्रिकेट

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको छ । यो जितसँगै नेपाल विश्वकप लिग दुई क्रिकेटको चौंथो स्थानमा उक्लिएको छ । नेपालको ८ खेलबाट ८ अंक भएको छ । १३ खेलमा २० अंक जोडेको ओमान शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ ।

ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य उसले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । यो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले ओमानमाथि हात पारेको पहिलो जित हो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रनको योगदान गरे । मल्लले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको कीर्तिमानी साझेदारी गरे । नेपालका लागि ओपनर आशिफ शेखले ४४ बलमा ७ चौकाको मद्दतले ४० रनको योगदान दिए ।

कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । ५२ रनमा अविजित रहेका उनले ४६ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । योसँगै ज्ञानेन्द्र एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि ४ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको ओमान ३७ ओभर एक बलमा १२१ रन जोड्दै अलआउट भएको थियो। उसका लागि जीशन मक्सूदले ४१, जतिन्दर सिंहले १३, नसीम खुशीले १२ र कलीमुल्लाहले ११ रन जोडेका थिए।

ओमानलाई सस्तैमा समेट्न करन केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिए। शरद भेषावकरको नाममा दुई विकेट रह्यो।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
5
+1
3
+1
5
+1
1
+1
1
+1
7