आईपिएलमा असफल कप्तानको ट्याग पाएका कोहलीले बेङ्लोरको कप्तानि छोड्ने

क्रिकेट

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानबाट विराट कोहलीले राजीनामा दिने घोषणा गरेका छन् । यसै साता भारतीय टी-ट्वान्टी टोलीको कप्तानी छाड्ने निर्णय गरेका कोहलीले १४औं संस्करणको आईपीएल पछि बैंगलोरको पनि कप्तानी छाड्ने निर्णय गरेका हुन्।

३२ वर्षका कोहलीले आफ्नो वर्कलोडको कारण देखाउँदै कप्तानी छोड्ने जानकारी दिएका छन्। यद्यपि उनले आईपीएलको अन्तिम खेलसम्म पनि बैंगलोरबाटै खेल्ने र अन्य टिममा नजाने बारे टिम म्यानेजमेन्टलाई पनि जानकारी गराएको बताएका छन् ।

कोहली सन् २०१३ देखि बैंगलोरको कप्तान छन् । उनको कप्तानीमा बैंगलोरले १३२ खेल खेल्दा ६२ मा जित हात पारेको छ । यस्तै ६६ खेलमा पराजित हुँदा चार खेल नतिजाविहीन सकिएको थियो । उनले विश्वकपपछि भारतको ट्वेन्टी–ट्वेन्टी कप्तानी छोड्ने छन् । तर उनी एकदिवसीय र टेस्ट टिमको भने कप्तान रहने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *