पीएसजी प्रशिक्षक भन्छन् ‘ मेसीलाई सम्भावित चोटबाट बचाउन सब्सिच्युट गरियो’

फुटबल

काठमाडौं । आइतबार लियोनविरूद्धको खेलमा पिएसजीको घरेलु मैदानमा पहिलो पटक खेलेका मेसी दोस्रो हाफमा सब्सिच्युट भए। ७६ मिनेटमा उनको स्थानमा हाकिमी मैदान छिरेका थिए। मैदान छाड्दै गर्दा मेसी खुसी भने देखिएनन्।

त्यो समयमा पीएसजी लियोनसँग बराबरीको अवस्थामा थियो । तर इन्जुरी टाइममा गोल गर्दै हकिमीले जित मात्र दिलाएनन्, पोचेचिन्होको निर्णयलाई सही सावित गरे ।

खेलपछि पीएसजीका प्रशिक्षक माउरिसिओ पेचटिन्होले मेस्सीलाई सब्सिच्युट गर्ने निर्णयबारे स्पष्टीकरण दिएका छन् । ‘हामीले मेसीलाई बाहिर निकाल्ने निर्णय सम्भावित चोटबाट बचाउन गरेका थियौं । किनकि आगामी दिनमा निकै महत्वपूर्ण खेल खेल्न बाँकी छ र हामीले उनलाई चोटबाट बचाउनु पर्छ,’ उनले भने ।

मेसीले सिजनमा पिएसजीका लागि दुई फ्रेन्च लिग वान र एक युरोपियन च्याम्पियन्स लिगका खेल खेलिसकेका छन्। तीन खेल खेल्दा मेसीले पिएसजीका लागि गोल भने गर्न सकेका छैनन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0