बिराट कोहली फ्लप हुदाँ बेङ्लोरको लज्जाष्पद हार

क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । सोमबार भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले हराएको हो । बैंगलोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेट गुमाउँदै ९४ रन बनायो।

कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाउँदा भेन्काटेस आयर ४१ रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धातिर २० ओभरका सम्पूर्ण विकेट गुमाएर ९२ रन बनायो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे। उनले २० बलमा ३ चौका प्रहार गरेका थिए। यता, सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए। ग्लेन म्याक्सवेल १० र कप्तान विराट कोहली ५ रनमा आउट भए।

कोलकाताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए । जितसँगै कोलकाता ८ खेलमा ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged