मेसिले छाडेपछि कमजोर बन्यो बार्सिलोना, ग्रानडासँग मुस्किलले हार टर्यो

फुटबल

काठमाडौं । अन्तिम समयमा रोनाल्ड एराउजोले गोल गरेपछि स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा बार्सिलोना ग्रानडासँग १-१ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदान क्याम्प नोउमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरी गरेको हो। खेलको दोस्रो मिनेटमै डोमिङओस डुआर्टीले गोल गर्दै ग्रानडालाई अग्रता दिलाएका थिए । उनले सर्जियो इस्कुडेरोको पासमा गोल गरेका थिए ।

खेलको ९०औं मिनेटमा रोनाल्ड एराउजोले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए । यो बराबरीपछि अपराजित रहेको बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर सातौ स्थानमा रहेको छ । लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोना कमजोर बनेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0