बक्सिङ छनोट : सनिलको त्यो किक जसले बिरोधी ढले

मार्शल आर्ट

काठमाडौं । ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई सोमबार ५–० ले पराजित गरे । यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा पाँच स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबार नै सकिएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा, ५७ केजीमा एपीएफका पूरन राई, ६३ केजीमा १३ औं सागका स्वर्णधारी नेपाल प्रहरीका भुपेन्द्र थापा मगर र ७१ केजीमा एपीएफका विकास लामा आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका थिए ।

विश्व च्याम्पियनसिपका लागि बक्सिङ संघले गठन गरेको छनोट समितिले यी पाँचमध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी दिए । विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म सञ्चालन हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged