महिला एसिया कप छनोट: आज नेपाल र हङकङ भिड्दै ! कसले जित्ला खेल ?

फुटबल

काठमाडौं, असोज ५ । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

छनोटको सम्भावना जिवित राख्न नेपाली महिला टोलीलाई आजको खेलमा जित्नै दबाब रहेको छ । नेपाल छनोटको पहिलो खेलमा फिलिपिन्ससँग २(१ गोलले पराजित भएको थियो । खेलको दसौं मिनेटमै बिमला चौधरीले गोल गर्दै नेपाललाई खेलमा अगाडि बढाएपनि अन्तिम समयमा समालिन नसक्दा दुई गोल बेहोर्दै पराजित भएको थियो ।

प्रशिक्षक ग्यारी फिलिप्सले हङकङविरुद्ध समेत पहिलो खेलकै सुरुवाती एघार खेलाउन सक्छन् । पहिलो खेलमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेसँगै उनले सुरुवाती एघारलाई नै निरन्तरता दिन सक्छन् । तर, फिफा बरियतामा ७६औं स्थानको हङकङविरुद्ध १ सय १औं स्थानमा रहेको नेपाललाई सकारात्मक नतिजा निकाल्न कठिन हुने निश्चित छ ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ। नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको थियो। दुबै खेलमा नेपालले हार व्यहोरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0