बियान्काले फ्रेन्च ओपन नखेल्ने

टेनिस

पेरिस, (एजेन्सी) हरेक वर्षमा दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको रूपमा हुने फ्रेन्च ओपनको मिति नजिकिए पनि खेलाडीले नाम फिर्ता लिने क्रम जारी रहेको छ। पेरिसमा हुने फ्रेन्च ओपनबाट नाम फिर्ता लिने पछिल्लो बियान्का एन्ड्रिस्कु पनि एक हुन्। २० वर्षीया बियान्का गत वर्षको यूएस ओपनको महिला सिंगल्स विजेता हुन्। यसअघि फ्रेन्च ओपनबाट शीर्ष महिला खेलाडी नाओमी ओसाका र एस्लिग बार्टीले नाम फिर्ता लिएका थिए।

बियान्काले अक्टोबर २०१९ देखि चोटका कारण कुनै पनि प्रतियोगितामा सहभागिता जनाएकी छैनन्। क्यानडाकी खेलाडीले भनिन्– ‘म २०२१ को प्रतीक्षामा छु, जसमा मेरो लक्ष्य ओलम्पिक स्वर्णसमेत हुनेछ। हाललाई भने म कुनै प्रतियोगितामा हुने छैन।’

बियान्काले गत वर्ष करियरकै पहिलो ग्रान्डस्लाम जितेपछि यस वर्षको अस्टे«लियन ओपन खेलेकी छैनन्। विम्बल्डन यस वर्ष रद्द गरियो। गत महिना सम्पन्न यूएस ओपनमा उनले उपाधि रक्षाका लागि कोर्टमा सहभागिता नभएर नाम फिर्ता लिएकी थिइन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *