यस्तो छ हङकङविरुद्ध नेपालको सुरुवाती–११

फुटबल

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङसँग भिड्दै छ । दिउँसो ३:४५ बजे सुरु हुने नेपाल र हङकङविरुद्धको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रदै छन्।

हङकङविरुद्धको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती-११ को घोषणा गरेका हुन् ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ। एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ। आजको खेलमा हङकङसँग पराजित भएको खण्डमा नेपालको एसिया कप खेल्ने सम्भावना समाप्त हुनेछ ।

फिफा वरियतामा हङकङ ७६ औं स्थानमा रहेको छ भने नेपाल १ सय १ औं स्थानमा रहेको छ । हाल फिलिपिन्स १ खेलबाट ३ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । अङ्कविहिन नेपाल समूहको पुछारमा छ । समूहको शिर्ष स्थानमा रहने टोली एसिया कपको लागि छनोट हुनेछ ।

यस्तो छ नेपालको सुरुवाती–११

गोलकिपर – अन्जिला सुब्बा
डिफेन्डर – हीराकुमारी भुजेल, अमृता जैशी, गीता राना र विमला विक ।
मिडफिल्डर – रेनुका नगरकोटी, सरू लिम्बू र मञ्जलीकुमारी योञ्जन
फरवार्ड – सविता राना, विमला चौधरी र प्रिती राई ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *