हङकङविरुद्ध बहादुरीपूर्ण बराबरी गरेपनि नेपाल एसिया कप छनोटको समुह चरणबाटै आउट

फुटबल

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार हङकङसँग बहादुरीपूर्ण गोलरहित बराबरीमा खेले‍को छ। उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो । आजको नतिजासँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो । आजको नतिजासँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । आजको खेलमा जित्नै पर्नै दबाब भएको नेपालले अन्तिम समयसम्म गोल गर्न सकेन् ।

यता हङकङलाई भने छनोट हुने मौका छ । हङकङले दोस्रो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । समूह विजेता मात्र अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0