आईपीएल : अन्तिम ओभरमा ४ रन बनाउन नसक्दा पंजाबको हार

आईपीएल क्रिकेट

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई हराएको छ । मंगलबार राति भएको खेलमा राजस्थानले पञ्जावलाई २ रनले पराजित गरेको हो। राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा ४ रनको आवश्यकता भएको अवस्थामा पन्जाबले दुई विकेट गुमाएको थियो । राजस्थानका किर्तीक त्यागीले अन्तिम ओभरमा २ विकेट लिएर २ रन मात्र खर्चे ।

उनले अन्तिम ओभरको तेस्रो बलमा पञ्जावका पूरनलाई आउट गर्दा पाँचौ बलमा दीपक हुडालाई पेभिलियनको बाटो देखाए। त्यतिबेलासम्म उनले एक रन मात्र खर्चिएका थिए। अन्तिम बलमा कुनै रन नदिएपछि खेल राजस्थानको पक्षमा गयो।

पन्जाबका लागि मयंक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान केएल राहुलले ४९ रन बनाउँदा निकोलस पुरनले ३२ रनको योगदान गरे । पन्जाबका लागि एडन मार्करमले २६ रन बनाए । राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले याशभी जैसवालको ४९ रनको मद्दतले २० ओभरमा १ सय ८५ रन बनाएको थियो । पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए । मोहमद शामीले ३ विकेट लिए । जितसँगै राजस्थान ८ खेलमा ८ अंकसहित पाँचौं स्थानमा छ । सातौं पन्जाब ९ खेलमा ६ अंकसहित सातौँ स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0