पारस खड्काले एभरेष्ट प्रिमियर लिग नखेल्ने, कारण कसैलाई थाहा छैन

क्रिकेट

काठमाडौं । केहिसमय अगाडि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण नखेल्ने भएका छन् । ईपीएलले सहभागी ६ वटै टोलीका खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्दा पारस कुनै टोलीमा छैनन् ।

ईपीएलको पहिलो, दोस्रो र तेस्रो सिजनमा विराटनगर वारियरर्सको कप्तानी गरेका पारसले आफ्नो नेतृत्वमा विराटनगरलाई दोस्रो संस्करणको च्याम्पियन बनाएका थिए । पारसले दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर घरेलु क्रिकेट भने खेल्ने संकेत गरेका थिए । यद्यपि, उनले ईपीएल नखेल्ने भएका छन् ।

यस्तै काठमाडौं किंग्स ११ मा अनुबन्ध भएका नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ईपीएल नखेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमसँग ओमान भ्रमणका क्रममा दीपेन्द्र घाइते भएका थिए ।

६ शहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिमापुरमा हुनेछ । ईपीएल क्रिकेटको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन एचडीबाट हुने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Tagged