ईपिएलमा बिदेशी स्टार खेलाडीको जमघट ! यी हुन् ईपीएल खेल्ने टिम र खेलाडी (खेलाडीकाे सूचीसहित)

क्रिकेट

काठमाडौं । यही असोज ९ गतेदेखि शुरु हुने ईपीएलका लागि आयोजक ईपीएल प्रालिले मंगलबार सार्वजनिक गरेको ६ वटै ईपीएल खेल्ने टिमको खेलाडी सूची गरेको छ । प्रतियोगितामा यो वर्ष पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी, सिकन्दर राजा, मिक्यो दोर्जी लगायतका विदेशी खेलाडीहरूको उपस्थित रहने छ ।

ईपीएलको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउनेछ । यस पटक ईपीएलको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको हो । ईपीएलमा ललितपुर र काठमाडौंसहित विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

शनिबार हुने उद्घाटन खेलमा साविक विजेता ललितपुरले काठमाडौं किङ्ग्स–११ को सामना गर्नेछ । सन् २०१८ मा भएको ईपीएलको तेस्रो संस्करणको फाइनलमा भैरहजा ग्लाडिएटर्सलाई पराजित गर्दै ललितपुर प्याट्रिओट्सले उपाधि उचालेको थियो ।

विराटनगर वारियर्स: करण केसी, आसिफ शेख, अनिल कुमार शाह, सन्दीप रजाली, सौरभ खनाल, सुमित महर्जन, हरिबहादुर चौहान, सोनु देवकोटा, प्रतिश जिसी, रामनरेश गिरी, विक्रम कुमार भुसाल, अनिल खरेल, अर्जुन चुनारा, सन्तोष यादव । विदेशी खेलाडी: रायन पठान, चन्दरपाउल हेमराज, सिकन्दर राजा, दिलसान मुनाविरा ।

पोखरा राइनोज: विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विपिन रावल, लोकेशबहादुर बम, रविन्द्र शाही, विवेक कुमार यादव, सुशन भारी, किशोर महतो, विक्रम सोब, नन्दन यावद, देव शाह, अर्जुन कुमाल, विपिन खत्री । विदेशी खेलाडी: सहान अराचचिगे, रिचार्ड लेभी, असेला गुनारत्ने, केसरिक विलियम्स ।

काठमाडौं किग्स-११: सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा । विदेशी खेलाडी: शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज ।

ललितपुर प्याट्रियट्स: ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह । विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन वोराक्योडी ।

चितवन टाइगर्स: सोमपाल कामी, दीलिप नाथ, सन्दीप सुनार, देव खनाल, हसिम अन्सारी, अब्दुल खान, राजेश पुलामी, खडक बोहोरा, गौतम केसी, भीम सार्की, इशान पाण्डे, कमलसिंह ऐरी, साहव आलम, सागर ढकाल । विदशी खेलाडी: मोहम्मद सेहजाद मोहम्मदी, सेकुगे प्रशन्ना, विरनदीप सिंह, करिम जनत ।

भैरहवा ग्लाडिएटर्स: शरद भेषावकर, आरिफ शेख, रोहित कुमार पौडेल, अविनाश बोहोरा, कुशल मल्ल, प्रदीप ऐरी, हरि शंकर शाह, भुवन कार्की, कृष्ण कार्की, दिपेश श्रेष्ठ, हिमान्शु दत्त, विकास आग्री, दुर्गेश गुप्ता, तुल बहादुर थापा, मौसम ढकाल । विदेशी खेलाडी: तमिम इकबाल, उपुल थरांगा, धमिका प्रसाद, सार्भिन मुनियान्डी ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *