क्रिकेटर बिनोद भण्डारी पत्रकार सोनिकाको प्रेममा क्लिन बोल्ड ( फोटो फिचर )

क्रिकेट फोटो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकटकिपर विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका छन् । हाल ग्यालेक्सी फोके टिभीमा आवद्ध सोनिका र विनोद ४-५ वर्षदेखि डेट गरिरहेका थिए ।

आज काठमाडौंमा सानो समारोहबीच उनीहरुले औंठी साटेका हुन् । कार्यक्रममा दुवैतर्फका परिवारका सदस्यहरु मात्रै सहभागी थिए । उनीहरुको बिवाह दशैंको टिकाको दिन गर्ने तय भएको छ ।

राष्ट्रिय टोलीका नियमित सदस्य विनोद ओमानमा यसै साता सम्पन्न आइसिसी क्रिकेट विश्व कप लिग २ अन्तर्गत ओमान र अमेरिकाविरुद्ध खेल्दै मंगलबार स्वदेश फर्केका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0