हैदरावादलाई हराउँदै आईपिएलको शिर्ष स्थानमा दिल्लीको कब्जा

क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै दिल्ली आईपीएल अंकतालिकाको शीर्ष स्थानमा पुगेको हो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे तथा ऋषव पन्तले अविजित ३५ रन बनाए। शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । हैदरावादको लागि अब्दुल समदले सर्वाधिक २८ तथा राशिद खानले २२ रन योगदान दिए। रिद्दिमान शाह र केन विलीयमसनले समान १८ रन, मनिष पाण्डेले १७ रन तथा जेसन होल्डरले १० रन बनाए। डेभिड वार्नर खाता नखोली पहिलो ओभरमै आउट हुन पुगे।

दिल्लीका कागिसो राबडाले ३ विकेट तथा एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिएका थिए। जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । १२ अंक सहित चेन्नाई दोस्रो स्थानमा छ। हार पछि हैदरावाद ८ खेलमा ७ हार र १ जितको साथ २ अंक बटुल्दै आठौँ स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0